नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, ६ महिनामा पौने २५ अर्ब घाटा काठमाडौं, १३ माघ। नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा इन्डोनेसियासँग नेपालको व्यापार घाटा २४ अर्ब ७८ करोड ९० लाख २३हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालले इन्डोनेसियाबाट २४अर्ब ८७करोड ८५लाख ८६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने मात्र ८करोड ९५लाख ६३हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्