पर्यटक आगमनमा सुधार भएसँगै पर्यटन क्षेत्रको आयमा उल्लेख्य वृद्धि, पाँच महिनामा २३ अर्ब ६३ करोड आय काठमाडौं, १३ माघ। कोरोना महामारीको जोखिम घटेसँगै पर्यटकको आगमनमा भएको सुधारले पर्यटन क्षेत्रको आय वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार २०७९ साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा पर्यटन क्षेत्रको आय २३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब १४ करोड रुपैयाँ रहेको थियो। सन् २०२२ मा नेपालमा ६लाख १४हजार १४८जना पर्यटक आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्