सवारी सुधारबारे अध्ययन कार्यदल गठन काठमाडौं, १३ माघ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ। कार्यदलमा यातायात ब्यबसायी महासंघका अध्यक्ष÷प्रतिनिधि समेत सदस्य राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्