इजरायली सेनाले वेस्क बैंकमा छापा मार्यो, ९ जना प्यालेस्टाइनी मारिए वेस्ट बैंक, १३ माघ। इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्दा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। पछिल्लो २० वर्षमा वेस्क बैंकको जेनिन क्याम्पमा इजरायली सेनाले मारेको यो सबैभन्दा ठूलो छापा हो। इजरायली सेनाको छापामा ६१वर्षीया महिलाको समेत मृत्यु भएको छ। इजरायली सेनाले ‘इस्लामिक जिहादी’ लाई पक्राउ गर्न छापा मारेको जनाएको छ। प्यालेस्टाइनले यस घटानलाई ‘नरसंहार’ भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्