देशको अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनकः प्रधानमन्त्री काठमाडौं, १२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीवार काठमाडौंमा मारवाडी सेवा समाजको सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको जनाएका हुन्। उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको स्पष्ट पारे। सरकारको पहिलो बैठकमा आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्