सूचना प्रविधिको कुम्भमेला ‘क्यान इन्फोटेक’ माघ २३ गतेबाट सुरु हुने, तयारी अन्तिम चरणमा काठमाडौं, १२ माघ। कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८औंं संस्करणको ‘क्यान इन्फोटेक’ माघ २३ गतेदेखि २९ गतेसम्म आयोजना गर्ने भएको छ। महासंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘क्यान इन्फोटेक २०२३’ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा गर्ने जनाएको हो। देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ। इन्फोटकमा प्रवेश शुल्क सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ निर्धारण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्