नेपाल र स्पेनका पर्यटन व्यवसायीबीच नेटवर्क प्रवद्र्धन गरिने काठमाडौं, १२ माघ। स्पेनस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘कनेक्ट्यान्डो एल टुरिज्मो डे नेपाल’ नामक कार्यक्रम आयोजना गरेको छ। नेपाल र स्पेनका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र नेटवर्क प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको स्पेनको लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले बताइन्।उनले स्पेनबाट लाखौं पर्यटक नेपाल पठाउन दूतावास प्रतिवद्ध रहेको जनाइन्। कार्यक्रममा स्पेनिस पर्वतारोहीहरु, पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्