शाहरुख र दीपिकाको ‘पठान’ले प्रदर्शनको पहिलो दिन भारतमा कति कमायो ? मुम्बई, १२ माघ। शाहरुख खान र दीपिका पादुकोण अभिनित बलिउड फिल्म ‘पठान’ले प्रदर्शनको पहिलो दिन भारतमा ५७ करोड भारतीय रुपैयाँ कमाई गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मले हिन्दी भाषामा ५५ करोड, तेलगु र तमिलमा २ करोड गरि कुल ५७ करोड कमाइ गरेको हो। पठान माघ ११ गतेदेखि प्रदर्शनमा आएको हो। यो विश्वभर करिव ८ हजार स्क्रिनमा प्रदर्शन भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्