अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्कदै वाशिङ्टन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्कने भएका छन्। मेटा कम्पनीले ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन आउँदो साताबाट फुकुवा गर्ने भएको हो। मेटाले दुई वर्षअघि ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट निलम्बन गरेको थियो। सन् २०२१ मा क्यापिटल हिलमा ट्रम्प समर्थकले आक्रमण गरेपछि उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चित कालको लागि निलम्बन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्