सर्वोच्च अदालतले गर्यो रेष्टुरेन्ट र होटलले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज काठमाडौं, ११ माघ। सर्वोच्च अदालतले रेष्टुरेन्ट/होटलहरुले ग्राहसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरिदिएको छ। अदालतले बुधबार गरेको यो निर्णयसँगै अब रेष्टुरेन्ट/होटलहरुले ग्राहकसँग १० प्रतिशत सेवा शुल्क उठाउन पाउने छैनन्। श्रम ऐन,२०७४ र श्रम नियमावली,२०७५ अनुसार रेष्टुरेन्ट/होटलहरुले सेवा शुल्क उठाउँदै आएका थिए। प्रेमलाल महर्जनले २०७५ जेठ २३ गते सेवा शुल्क खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्