देखाउने व्यवसाय– म्यानपावर एजेन्ट, काम– मानव बेचबिखन काठमाडौं, १२ माघ। मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दमक नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने ४१ वर्षीय प्रकाश धिमाललाई पक्राउ गरेको छ। सोमबार काठमाडौंको चावहिलबाट उनी पक्राउ परेका हुन्। म्यानपावर एजेन्ट धिमालले कुवेतमा काममा लगाइदिने भनि ३÷४ जना महिलालाई गत बैशाख १२गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९सय कुवेती दिनारमा बिक्री गरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्