कांग्रेस केन्द्रीय कार्यसमितिको माघ १५ गते बस्ने भनिएको बैठक स्थगित काठमाडौं, १२ माघ। नेपाली कांग्रेसको माघ १५ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका हुन्। विशेष कारणवस बैठक स्थगित गर्नुपरेको पौडेलले बताएका छन्। बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्