सुनको मुल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो सात सय काठमाडौं, १२ माघ। नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य प्रतितोला ७०० रुपैयाँ वृद्धि भएको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १लाख ६हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि मंगलबार सुनको मुल्य प्रतितोला १लाख ६हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्