सरस्वती पूजा गर्न देशभरमा मन्दिरमा भीड काठमाडौं, १२ माघ। आज श्रीपञ्चमीको अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ। आजको दिनलाई बसन्त पञ्चमी भन्ने गरिन्छ। सरस्वतीको पूजा गर्दा बुद्धि,विवेक बढ्ने जनविश्वास रही आएको छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र नीलसरस्वती, ललितपुरको लेलेलगायतका स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजा गर्न भक्तजन÷विद्यार्थीको घुइँचो लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्