बितेको ६ महिनामा नेपालमा १५ सय १६ केजीभन्दा बढी सुन भित्रिदा ११ अर्ब रुपैयाँ विदेशियो काठमाडौं, ११ माघ। पछिल्लो ६ महिनामा विभिन्न देशबाट नेपालमा वैधानिकरुपमा १ हजार ५१६ केजीभन्दा बढी सुन भित्रिएको छ। उक्त सुन नेपाल भित्रिदा नेपालबाट १० अर्ब ९५ करोड ७१ लाख ९१ हजार रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा युएईबाट ९ अर्ब १६ करोड, टर्कीबाट १अर्ब ८करोड, स्वीट्जरल्याण्डबाट ७०करोड ९९ लाख र उज्वेकिस्तानबाट २लाख ८०हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्