प्रेमप्रसाद आचार्यकी श्रीमतीले गृहमन्त्रीलाई भनिन्– भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मोरो श्रीमान् मर्नुपर्यो काठमाडौं, ११ माघ। मंगलबार संसद भवनअघि आत्मदाह गरी बुधबार विहान मृत्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका आचार्यले भ्रष्टाचार लिप्त प्रशासन र सरकारकै कारण श्रीमान्ले मर्नुपरेको बताएकी छन्। कीर्तिपुर अस्पतालमा आफूलाई भेट्न आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उक्त आक्रोश पोखेकी हुन्। उनले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण तिरिदिन सरकारलाई आग्रह गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्