गृहमन्त्रीले प्रेम आचार्यको परिवारलाई भेटेर भने– जनतामा आशा जगाउन सकिन, मलाई क्षमा गर्नुहोला काठमाडौं, ११ माघ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद भवनअघि आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई भेटेका छन्। उनी कीर्तिपुर अस्पातल पुगी आज आचार्यको परिवारलाई भेटेका हुन्। ‘मैले जनतामा कुनै पनि रुपमा आशा जगाउन सकिन,मलाई क्षमा गर्नुहोला। नागरिकमा यस्तो अवस्था आउँछ भनेर नै हामी राजनीतिमा आएका हौं,’ उनले आचार्यको परिवारलाई भने। आचार्यको उपचारको क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्