प्रेम आचार्यको समर्थनमा युवाहरुको प्रदर्शन, माइतिघरबाट सरकारलाई प्रश्न गरे– देशमै केही गर्छु भन्नु अपराध हो ? काठमाडौं, ११ माघ। मंगलबार संसद भवनअघि आत्मदाह गरेका प्रेम आचार्यको समर्थनमा युवाहरुले आज माइतिघर मण्डलमा प्रदर्शन गरेका छन्। आचार्यले आत्मदाह गर्नुमा राज्य दोषी रहेको आरोप लगाउँदै उनीहरुले सरकारलाई प्रश्न गरे, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?’ आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने माग उनीहरुले राखेका छन्। ती युवाहरुले माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्