एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको ओलीको स्पष्टोक्ति, भने– केही पार्टीहरु सामाजिक असन्तुष्टि उपयोग गर्न आए काठमाडौं, ११ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको बताएका छन्। बुधबार पार्टी स्कुल विभागद्वारा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ एमालेको गन्तव्य भएको जनाए। केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको र उनीहरुको राजनीति टिकाउ नहुने दाबी उनले गरे। कांग्रेसले देशको बारेमा कहिल्यै चिन्ता नगरेको आरोप पनि उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्