राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रिजभीबीच भेटवार्ता, नेपालबाट उर्जा खरिद गर्ने विषयमा छलफल काठमाडौं, ११ माघ। बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गौहर रिजभीबीच भेटवार्ता भएको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको भेटवार्तामा उर्जा सहयोग, कनेक्टिभिटी अभिवृद्धि र जनता–जनताबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। २०७५ सालमा नेपालबाट ५ सय मेगावाट विद्युत खरिद गर्ने गरी दुई देशबीच सम्झौता भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्