राजदूत अधिकारीले भेटे पाकिस्तानका कानून तथा न्याय राज्यमन्त्री, संसदीय सहकार्यबारे छलफल काठमाडौं, ११ माघ। पाकिस्तानका लागि नेपाली राजदूत तापश अधिकारीले पाकिस्तानका कानून तथा न्याय राज्यमन्त्री शाहदत आवानसँग भेटवार्ता गरेका छन्। भेटवार्ता इस्लामावादस्थित आवानको कार्यकक्षमा भएको थियो। भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको राजदूत अधिकारीले बताएका छन्। उनले भने, ‘हामीले दुई देशबीच संसदीय सहकार्यबारे पनि छलफल गरेका छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्