भूकम्पले गर्यो १४७ घरमा क्षति, पाँच जिल्ला बढी प्रभावित काठमाडौ, ११ माघ। मंगलबार बाजुरा केन्द्रविन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पले बाजुरा, बझाङ, डोटी, अछाम र मुगुमा बढी क्षति गरेको छ। नेपाल प्रहरीका अनुसार भूकम्पले बाजुरामा ६५, बझाङमा ६४, डोटीमा ३, अछाममा ४ र मुगुमा ११ घरामा क्षति पुर्याएको छ। भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकाया छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्