अमेरिकी पूर्वविदेश मन्त्रीको खुलासा– भारत र पाकिस्तान परमाणु युद्धको एकदमै नजिक थिए वाशिङटन, ११ माघ। अमेरिकी पूर्वविदेशमन्त्री माइक पोम्पियोले सन् २०१९मा भारत र पाकिस्तानबीच परमाणु युद्ध हुनै लागेको खुलासा गरेका छन्। सोवर्षको फेब्रुअरीमा भारतले बालकोटमा सर्जिकल स्ट्राइक गरेपछि पाकिस्तानले भारतमाथि परमाणु हतियारले आक्रमण गर्ने तयारी गरेको खुलास उनले आफ्नो पुस्तक ‘नेभर गिभ एन इन्चः फाइटिङ फर अमेरिका आइ लभ’मा गरेका हुन्।उक्त जानकारी तत्कालिन भारतीय विदेशमन्त्री सुषमा स्वराजले दिएको उनले उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्