वैदेशिक रोजगारी जाने नेपालीमध्ये वर्षेनी ५३ जनाभन्दा बढीले गुमाउँछन् कार्यस्थल दुर्घटनामा ज्यान काठमाडौं, ११ माघ। वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये वर्षेनी ५३ जनाभन्दा बढीको मृत्यु कार्यस्थल दुर्घटनामा हुने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९ देखि २०२१/२२ सम्मको चौध वर्षको अवधिमा ७५४ जना नेपालीको मृत्यु विदेशी भूमीमा कार्यस्थल दुर्घटनामा भएको छ। कार्यस्थल दुर्घटनामा सबैभन्दा बढी नेपालीको मृत्यु सन् २०१४/१५ मा ११३ जनाको भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्