भारतसँग ६ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब २८ अर्ब नाघ्यो, भारतबाट पौने ५ खर्बको वस्तु आउँदा नेपालबाट मात्र पौने ५८ अर्बको गयो काठमाडौं, ११ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा भारतसँग नेपालको व्यापार घाटा ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले भारतबाट ४ खर्ब ८६ अर्ब ३३करोड ३९लाख १८हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने मात्र ५७ अर्ब ८४करोड ४६लाख ५९हजार रुपैयाँको वस्तु भारतमा निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्