विश्व हिन्दु परिषदले शाहरुख र दीपिकाको फिल्म ‘पठान’को विरोध नगर्ने मुम्बई, ११ माघ। शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ आजबाट विश्वभर प्रदर्शनमा आएको छ।फिल्मको ‘बेशर्म रंग’ गीतको रिलिज भएलगत्तै यसको विरोध सुरु भएको थियो। कयौं हिन्दु संगठनले फिल्मलाई रिलिज गर्न नदिने उद्घोष गरेका थिए। अहिले आएर विश्व हिन्दु परिषद्ले फिल्मको विरोध नगर्ने जनाएको छ। परिषद्का प्रवक्ता श्रीराज नायरले फिल्ममा केही दृश्य फेरबदल गरेका कारण विरोध नगर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्