संसदमा गृहमन्त्री लामिछानेले भने– ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण नतिजामुखि काम गर्न कठिनाई भयो काठमाडौं, १० माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठूला दलहरुले राज्य संयन्त्र थिलथिलो बनाउँदा नतिजामुखि काम गर्न नसकेको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘वर्षौ शासनसत्ता सम्हालेका दलहरुबाट यसलाई थिलथिलो बनाइयो। जसबाट थिलथिलो बनाउने कामहरु भए, त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन्।’ राज्यका संयन्त्रलाई हिजो चलाएजस्तो गरेर चलाउन छोडिदिए मन्त्रालय अन्तर्गतको आधा समस्या आफै हल हुने दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्