सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गयोः पौडेल काठमाडौं, १० माघ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको र त्यसलाई फटाउन दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने बताए। सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्