संघमा मन्त्रालय १५ वटामा सीमित गर्न संसदीय विशेष समितिको सिफारिस काठमाडौं, १० माघ। संघीयता कार्यान्वयन तथा अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघमा मन्त्रालय संख्या १५मा सीमित गर्न सिफारिस गरेको छ। समितिले मंगलबार राष्ट्रिय सभामा प्रतिवेदन पेश गरी उक्त सिफारिस गरेको हो। संविधानमा मन्त्रिपरिषद् २५सदस्यीय बनाउन सक्ने व्यवस्था भएपनि समितिले उक्त संख्यामा मन्त्रालय आवश्यक नरहेको जनाएको हो। समितिले प्रदेशमा आवश्यकता अनुसार ४ देखि १२जनासम्मको मन्त्रिपरिषद् गठन गर्न सिफारिस गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्