बारामा एकैदिन विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादी पक्राउ बारा, १० माघ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादी सोमबार पक्राउ गरेको छ। फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले सञ्चालित अभियान अन्तर्गत लुकीछिपी बस्दै आएका उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। कैद तथा जरिवाना फैसला भई फरार रहेका ३६ जनालाई थुनामा राख्न पर्सा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्