अब मुसा/कुकुरले टोक्यो भने टेकु अस्पताल आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः स्वास्थ्य राज्यमन्त्री कार्की काठमाडौं, १० माघ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्नुपर्ने बताएकी छन्। मंगलवार सोही अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन्। ‘अब मुसा, कुकुरले टोक्यो भने टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्