२४७ बैंक तथा वित्तिय संस्थाहरु मर्जर प्रक्रियामा, १७९ संस्थाहरुको इजाजत खारेज भई ६८ संस्था कायम काठमाडौं, १० माघ। नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्था गाभ्ने प्रक्रिया शुरु गरे पश्चात् २४७ बैंक/वित्तिय संस्था मर्जर प्रक्रियामा सहभागी भएको जनाएको छ। २०७९ मंसिर मसान्तसम्म उक्त संख्यामा बैंक/वित्तिय संस्था मर्जर प्रक्रियामा सामेल भएका हुन्। यसमध्ये १७९ संस्थाहरुको इजाजत खारेज हुनगई ६८ संस्था कायम भएका छन्। वित्तिय स्थायित्व सुदृढीकरण गर्ने उदेश्यले बैंक/वित्तिय संस्था गाभ्ने प्रक्रिया सुरु गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्