अमेरिकामा बन्दुक आतंकः चौबिस घण्टामा तीन ठाउँमा गोलीबारी, ९ जना मारिए वाशिङ्टन, १० माघ। पछिल्लो चौबिस घण्टामा अमेरिकाको तीन स्थानमा गोलीबारी भएको छ। गोलीबारीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको जनाएको छ। स्थानिय समयअनुसार सोमबार आयोवा प्रान्तको के डे माइन सहरमा भएको गोलीबारीमा दुई जनाको मृत्यु भएको छ। सोहीदिन उत्तरी क्यालिफोर्नियाको दुई स्थानमा गोलीबारी हुँदा ७जनाको मृत्यु भएको थियो। दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलसमा गोलीबारी हुँदा ११जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्