नेपालको १४८ भन्दा बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटा, ३२ देशसँग मात्र नाफामा काठमाडौं, १० माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापार १४८ भन्दा बढी देशसँग रहेको छ। भन्सार विभागका अनुसार तीमध्ये ११६ देशसँग व्यापार घाटामा रहेको छ। ३२ वटा देशसँग मात्र वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ। पछिल्लो ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड ३७लाख १०हजार रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्