आज यी चार वटा प्रदेशमा केही भूभागमा छ हल्का वर्षाको सम्भावना काठमाडौं, १० माघ। जल तथा मौसम विज्ञान विभागले आज देशका चारवटा प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। वर्षाको सम्भावना रहेका प्रदेशमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी रहेका छन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्