संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै काठमाडौं, १० माघ। आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्