पल्सर स्पोट्र्स अवार्डमा ५ वटा मोटरसाइकल दिइने, अवार्ड फागुन २३ गते हुने काठमाडौं, ९ माघ। नेपाल खेलकुद पत्रकार मञ्चले यसवर्ष स्पोटर्स अवार्ड फागुन २३ गते गर्ने भएको छ। मञ्चले सोमवार काठमाडौंमा एक कार्यक्रम गर्दै १९औं संस्करणको ‘पल्सर स्पोट्र्स अवार्ड २०७८’मा वर्षभरी नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने जनाएको हो। वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउने मञ्चले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्