६ महिनामा नेपालको आयात २०.६८ प्रतिशत र निर्यात ३२.०१ प्रतिशतले घट्यो काठमाडौं, ९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा नेपालको आयात २०.६८ प्रतिशत र निर्यात ३२.०१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात र ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ९९अर्ब रुपैयाँको वस्तु आयात र १खर्ब १८अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्