संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि र प्रदेश सभाबीच अनुभवहरुको आदानप्रदान हुनुपर्छः सभामुख काठमाडौं, ९ माघ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन्। सोमवार स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग सिंहदरबारमा कुरा गर्दै उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको गुनासो आएको बताए। यो समस्याको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने तर्क उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्