नेपालको वैदैशिक व्यापार घाटा १९.१५ प्रतिशतले घट्यो, पछिल्लो ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब नाघ्यो काठमाडौं, ९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो घाटा ८खर्ब ८०अर्ब ४९करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा १९.१५प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्