संसदीय समितिले समयमै सबै पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन सरकारलाई दियो निर्देशन काठमाडौं, ९ माघ। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले पाठ्यपुस्तकको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। सम्बन्धित निकायहरुसँग गहन छलफल गरी समयमै विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति प्रकाश पन्थले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्