जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको भन्दै विरोध प्रदर्शन धनुषा, ९ माघ। जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्। मृतकका आफन्त र स्थानीयहरुले मृत्यु हुनभन्दा पहिला नै प्रहरलिाई खबर गरेपनि प्रहरीले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन्। चौध दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका रोहित साह र विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्