नेपाल टी–२० लिगमा स्पट फिक्सिङः चार जना नेपालीसहित १० जना संलग्न, तीन जना पक्राउ काठमाडौं, ९ माघ। नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआइबी)ले गत पुस ९ देखि२७ गतेसम्म भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा गर्ने कार्यमा १० जना सक्रिय रहेको जनाएको छ। स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न रहेको सीआइबीको ठहर छ। संलग्नमध्ये पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदल अन्सारीसहित तीन जना पक्राउ गरिएको सीआइबीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्