राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त काठमाडौं, ९ माघ। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहालले सिंहदरबारमा श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। यसअघि २०७३ सालमा दाहाल प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष भएका थिए। श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पनि हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्