राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन कांग्रेसको माग काठमाडौं, ९ माघ। नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। संविधान र ऐनमा निर्वाचनबारे भएको विरोधाभाष हटाउन भनिएको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्