प्रधानमन्त्री राष्ट्रिय गौरव र ठूला आयोजनाको निरीक्षणमा निस्किने काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरव र अन्य ठूला आयोजनाहरुको स्थगत निरीक्षणमा निस्किने भएका छन्। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै उनले उक्त घोषणा गरेका हुन्। ‘म छिटै राष्ट्रिय गौरव र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। यसकोलाई आवश्यक तयारी गर्नुहोला,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्