वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक वर्ष ९७ जनाभन्दा बढीले सडक दुर्घटनामा गुमाउँछन् ज्यान काठमाडौं, ९ माघ। वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक वर्ष ९७ जनाभन्दा बढी नेपालीको ज्यान सडक दुर्घटनामा जाने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९ देखि २०२१/२२ सम्म १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ३५९ जना नेपालीको मृत्यु सडक दुर्घटनामा परी भएको छ। सडक दुर्घटनामा सबैभन्दा बढीको मृत्यु गतवर्ष १२९ जनाको भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्