प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ: प्रधानमन्त्री दाहाल काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न प्रस्ताव गरेको बताएका छन्। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै उनले सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको जनाए। ‘प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको जनगुनासोबारे हामी सचेत छौँ। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्