पाकिस्तानको संसदमा सर्ट सर्किट, तीन दिनसम्म सबै बैठक स्थगित इस्लामावाद, माघ ९। पाकिस्तानको संसदमा सर्ट सर्किटका कारण विद्युत अवरुद्ध भएको छ। विद्युत बन्द भएपछि संसद सचिवालयले तीन दिनसम्मका सबै बैठकहरु स्थगित गरेको छ। पाकिस्तानले संसदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार संसदमा सर्ट सर्किट भएको थियो। यसबाट ठूलो नोक्सानी भने भएन। मर्मत तथा जाँच गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनको लागि तीन दिन सबै काम स्थगित गरिएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्