दशौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको दर्ता खुला, आठ देखि १२ कक्षासम्मका विद्यार्थीले आवेदन दिन पाउने काठमाडौं, माघ ९। यसवर्ष सञ्चालन गरिने दशौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको दर्ता खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्